logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • प्रतिनिधिसभा विघटन असंवैधानिक भएको सर्वोच्चलाई सभामुखको जवाफ

    856Shares
    प्रतिनिधिसभा विघटन असंवैधानिक भएको सर्वोच्चलाई सभामुखको जवाफ

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतलाई जवाफ दिनुभएको छ । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिमा सर्वोच्च अदालतमा परेका १७ मध्ये ६ वटा रिट निवेदनमा सभामुखलाई समेत विपक्षी बनाइएको थियो । विपक्षीका रूपमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ महान्यायाधिवक्तालाई पठाउँदै सभामुख घिमिरेले प्रधानमन्त्री कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको संसद् विघटनको निर्णय असंवैधानिक भएको बताउनुभएको हो ।

    यस्तै त्यही रिटमा सर्वोच्च अदालतलाई जवाफ पठाउँदै तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिकिर गर्नुभएको छ ।

    राष्ट्रपति कार्यालय शीतल निवासले भने भदौ २७ गते सुशीला कार्कीलाई नियुक्ति दिँदा तत्कालीन प्रधानमन्त्रीको सिफारिश र सम्मति रहेको उल्लेख गरेको थियो । तर आफूले सुशीला कार्कीलाई नियुक्त गर्नू भनी कुनै सिफारिश वा सम्मति नदिएको ओलीले दाबी गर्नुभएको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट