logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • नेपाल बैंकद्वारा डोल्पाको दुनैमा ‘एटीएम’ सेवा आरम्भ

    937Shares
    नेपाल बैंकद्वारा डोल्पाको दुनैमा ‘एटीएम’ सेवा आरम्भ

    डोल्पा। नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटीएम’ सेवा थालनी गरेको छ ।

    बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्दै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बैंकिङ सेवा सहज होस् भन्ने ध्येयले एटीएम सेवा सञ्चालन गरिएको जानकारी दिए ।

    उनले भने, ‘सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको छ ।’ डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटीएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राखे।

    ठूलीभेरी नगरपालिका– ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य सङ्घ डोल्पाका अध्यक्ष लालीमान बुढा लगायतले नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटीएम’ सेवा आरम्भ गरेकामा धन्यवाद व्यक्त गरे ।

    उनहरुले आगामी दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायको लागि ऋण लिने व्यवस्था गर्न माग गरेका छन । बैँकका शाखा प्रमुख भवि भण्डारीले ग्राहकलाई एटिएम कार्ड्स उपलब्ध गराउने जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार