logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    985Shares
    एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।

    गण्डकि र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक १०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट