काठमाडौं । वर्षापछिको बाढी र पहिरोको कारण आज देशका ११ राजमार्ग आज पूर्णरूपमा अवरुद्ध भएका छन्। राजमार्ग बन्दा हुँदा यात्रुले सास्ती पाएका छन्।
आज संखुवासभास्थित कोसी राजमार्ग, रसुवाको नेपाल(चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही(रुकुम सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट( डोल्पा(भेरि सडक, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको मोर्क (चंखिला सडक, रुकुम पश्चिमको मध्यपहाडी राजमार्ग, जाजरकोटको जाजरकोट( डोल्पा सडक आज पूर्णरुपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ।
त्यसैगरी काठमाडौँको धार्चे सडक, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको गल्छि(त्रिवेणी(मैलुङ(स्याफ्रु सडक, बागलुङको कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग, अर्घाखाँचीको सालझण्डी(ढोरपाटन सडकमा एकतर्फी गाडी चलेका प्रहरीले जनाएको छ। अवरुद्ध राजमार्गको पहिरो पन्छाएर गाडी सञ्चालनको प्रयास जारी रहेको पनि प्रहरीको भनाई छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया