काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट काठमाडौंको नख्खु कारागारमा ल्याइएको छ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही थुनामा रहेका लामिछानेलाई शनिबार नख्खु कारागारमा सरुवा गरेर ल्याइएको हो।
लामिछानेले दिएको निवेदनको आधारमा शुक्रबार कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो । भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो ।
लामिछानेलाई स्वागत गर्नको लागि पत्नी निकितासहित समर्थकहरू भिड एयरपोर्टमा जम्मा भएका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया