logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • कैलाली जेलका कैदीबन्दीले सुरक्षा अधिकारीलाई भित्र छिर्न दिएनन्

    1.2KShares
    कैलाली जेलका कैदीबन्दीले सुरक्षा अधिकारीलाई भित्र छिर्न दिएनन्

    काठमाडौं । कैलालीको कारागारमा तनाव भएपछि घटनाको विवरण बुझ्न गएका सुरक्षा निकायका प्रमुखहरुलाई कैदीबन्दीहरुले घटनास्थलमा जानबाट रोकेका छन् । उनीहरु कारागार प्रशासनसम्म पुगेको टोली घटनास्थल निरीक्षक नगरी फर्किएका छन् ।

    १५० कैदीबन्दी क्षमता भएको ७०० बन्दी छन् । केही दिन पहिले पनि विवाद भएपछि बिहीबार प्रमुख जिल्ला अधिकारी गोगन हमालले समस्या समाधान गरेको बताएका थिए ।

    तर त्यसको भोलि पल्टनै १ जनाको मृत्यु र ४७ जना घाइते हुनेगरी झडप भएको हो । कारागारमा २२ गते झडप भएको थियो । जसमा ५ जना घाइते भए । तीमध्ये अहिले पनि एक जना अस्पतालमै छन् । सुरक्षा अधिकारीहरुले त्यसपछि मेलमिलाप गराए । तर त्यसको भोलिपल्टै फेरि १ को मृत्यु ४७ घाइते हुनेगरी अर्को झडप भयो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट