logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • दलको नेतामा लामा र बानियाँको उम्मेदवारी, एमालेको दबाबले मन्त्रीको शपथ रोकियो

    1.9KShares
    दलको नेतामा लामा र बानियाँको उम्मेदवारी, एमालेको दबाबले मन्त्रीको शपथ रोकियो

    काठमाडौँ – बागमति प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुरसिंह लामा र इन्द्र बानियाँको उम्मेदवारी परेको छ। मंगलबार दलका नेता लामाविरुद्ध परेका अविश्वास प्रस्ताव बहुमतले पारित भएकाे थियाे । दलको नेता चयनका लागि लामा र बानियाँको उम्मेदवारी परेको हो। बिहान ११ बजेसम्म तोकिएको समयावधिमा बानियाँ र लामाको उम्मेदवारी परेको हो। उम्मेदवारको नाम फिर्ता लिने समय मध्याह्न १२ बजेसम्म दिइएकोमा कसैले पनि फिर्ता लिएका छैनन्।

    चुनावपछि झण्डै तीन वर्षअघि पनि बानियाँलाई पराजित गरेर लामा दलको नेता हुँदै मुख्यमन्त्री बनेका थिए। लामालाई हटाएर आफू मुख्यमन्त्री बन्न बनियाँले उनीविरुद्ध अविश्वासको प्रस्ताव पारित गराएर राजीनामाका लागि दबाब बढाएका छन्।

    मंगलबार भएको मतदानमा प्रदेशसभा कांग्रेसबाट सांसद भएका ३७ जनामध्ये २२ जनाले लामाको विपक्षमा मतदान गरेका थिए।

    तर लामाले भने आफू संविधानको धारा १६८ ९२० अनुसार प्रदेशसभाको सदस्यको हैसियतले मुख्यमन्त्री भएकाले दलको नेताबाट हट्दैमा राजीनामा दिनु नपर्ने तर्क गरेका छन्।

    आफूलाई मतदान गर्ने १५ मध्ये तीन जनालाई बुधबार हुन लागेको दल नेताको चुनावअघि मन्त्री नियुक्त गर्ने तयारी लामाले अघि बढाए पनि सत्ता साझेदार एमालेको असहमतिका कारण रोकिएको छ। लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी गरेका छन्।



    फास्ट न्युज    
  • २०८२ श्रावण १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार