काठमाण्डौ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६२।६ मिलिमिटर पानी परेको छ । राति खोटाङ, उदयपुर, ओखलढुङ्गा र आसपासमा बाढी आउने गरी पानी परेको थियो ।
आज दिउँसो पनि सबै प्रदेशका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया