logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • एसइई नतिजा आज साँझ सार्वजनिक हुँदै

    1.2KShares
    एसइई नतिजा आज साँझ सार्वजनिक हुँदै

    काठमाडौँ, असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ ।

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसारले एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ। उहाँले भन्नुभयो, “आज बेलुका ६ बजेसम्म नतिजा प्रकाशन हुने सम्भावना छ ।”

    यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । उहाँका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ ।



    फास्ट न्युज    
  • २०८२ असार १३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट