वाशिङ्टन । चीनका राष्टपति सी चिन फिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ९० मिनेट लामो व्यापारिक संवाद गर।ेका छन् । दुई चर्चित विश्व नेताको संवाद विश्वभर चर्चाको विषय भएको छ ।
९० मिनेट लामो फोन वार्तामा दुवै राष्ट्रपतिले एक अर्कालाई आमन्त्रण गरेका छन् । ट्रम्पले यो वार्ता अमेरिका र चीनको कटुता हटाउन महत्त्वपूर्ण रहेको बताए। उनले वार्ताले दुई देशको कटुता हट्ने अपेक्षा गरेका हुन्।
ट्रम्पले सामाजिक सञ्जालमा वार्ता सुमधुर रहेको बताए। ट्रम्पले अन्य विश्वव्यापी विषयलाई छाडेर व्यापारको विषयमा नै फोन वार्ता केन्द्रित रहेको उल्लेख गरेका हुन्।
चिनियाँ विदेश मन्त्रालयले दुवै देशको ‘विन विन’ अवस्था हुने गरी सहमति गर्ने विषयमा वार्ता केन्द्रित भएको बताएको छ। वार्तामा सीले ट्रम्पसँग दुई देशको सम्बन्धमा रहेको खाडल हटाउन आवश्यक रहेकोमा जोड दिएका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया