logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा

    1KShares
    मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा

    काठमाण्डौ । यसपालिको मनसुन दुई हप्ता छिटो नै भित्रिएको छ । बिहीबार रातिदेखि नै कोशी प्रदेशबाट मनसुन भित्रिएको हो । कोशीका सबै ठाउँमा मनसुनी प्रभाव परिसकेको र अरु ठाउँमा पनि बिस्तारै सर्ने क्रममा रहेको महाशाखाको भनाइ छ ।

    यसपालिको मनसुनमा पहिलेको भन्दा धेरै पानी पर्ने मौसमविदले यसअघि नै बताइसकेका छन् । मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सुनसरीमा १३१ मिलिमिटर र झापामा १०४ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले पनि कोशीसँगै मधेश, बागमती, कर्णाली प्रदेशलगायतका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यसपालिको मनसुन दुई हप्ता छिटो अस्ति बिहीवार रातिदेखि कोशी प्रदेशबाट भित्रिएको हो । कोशीका सबै ठाउँमा मनसुनी प्रभाव परिसकेको र अरु ठाउँमा पनि बिस्तारै सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ । यसपालिको मनसुनमा पहिलेको भन्दा धेरै पानी पर्ने मौसमविदले यसअघि नै बताइसकेका छन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट