logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • प्रस्तुत बजेटमाथि नाडा सकारात्मक, भन्यो- बजेट अटोमोबाइलमैत्री

    1.2KShares
    प्रस्तुत बजेटमाथि नाडा सकारात्मक, भन्यो- बजेट अटोमोबाइलमैत्री

    काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले आगामी आवको बजेट अटोमोबाइलमैत्री भएको जनाएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२\०८३ को बजेट अटोमोवाइलमैत्री आएको जनाएको हो ।

    नाडाले नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको जनाएको छ । जसलाई मनन गरी सरकारले अटोमोबाइल उद्योगको हित हुनेगरी बजेट ल्याएको नाडाले जनाएको छ ।

    ‘बजेटले नेपालको अटोमोवाइल क्षेत्रको वर्षौ देखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ,’विज्ञप्तीमा उल्लेख छ । नाडाको आवाजलाई सरकारले बजेट मार्फत सम्बोधन गरेकोमा नाडाले नेपाल सरकारप्रति आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट