logo

२०८३ भाद्र २१ आईतवार

logo
  • २०८३ भाद्र २१ आईतवार
  • नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि , साढे ६ अर्बको सेयर कारोबार

    1KShares
    नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि , साढे ६ अर्बको सेयर कारोबार

     काठमाडौं ।  नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ०.८५ अङ्कले बढेर २६७५.६२ विन्दुमा पुगेको छ । सोमवार २.९७ अङ्कले घटेर २ हजार ६७७ विन्दुमा झरेको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ६ करोड रूपैयाँ कमी आएको हो।

    आज फाइनान्स, होटल, लगानी, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेकोमा विकास बैंक समूहको शेयर भने डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स ग्रिन डेभलपमेन्ट बैंक र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

    गुराँस लघुवित्तको मूल्य सर्वाधिक ८.०१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४५० रूपैयाँमा झरेको छ। यसैगरी, उपकार लघुवित्तको मूल्य ६.३७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य तीन हजार रूपैयाँ पाँच सय रूपैयाँ कायम भएको छ। कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनी लिमिटेडको ६३ करोड ५८ लाख १९ हजार बराबरको १४ लाख ३४ हजार तीन सय ४१ कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबार रकम घटेको छ । हिजो ७ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ५२ करोड रुपैयाँमा किनबेच भएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट