logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • मकैमा फौजी कीराको समस्या, किसान चिन्तित

    1.2KShares
    मकैमा फौजी कीराको समस्या, किसान चिन्तित

    भोजपुर। मकैबालीमा फौजी कीराको समस्या बढ्न थालेपछि भोजपुरका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् । वैशाख अन्तिम साताबाट अमेरिकन फौजी कीराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको कृषक धनबहादुर थापाले बताए । कीराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उनको भनाइ छ ।

    जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी कीराको समस्या देखिएको किसानको भनाइ छ । कीराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेको किसानको भनाइ छ ।

    बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकैबालीमा फौजी कीराको समस्या देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । कीरा नियन्त्रणका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ । (रासस)



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट