logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

    856Shares
    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

    काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ।आइतबार बसेको प्रतिनिधि सभाबाट उक्त विधेयक पारित भएको हो ।

    सभामा सांसदहरुले उठाएको विषयको जवाफ दिदैँ शिक्षामन्त्री रघुजी पन्तले अव कैलाली र कञ्चनपुर विश्वविद्यालयले शिक्षाको एउटा महत्वपूर्ण केन्द्र बन्ने बताए । ‘काठमाडौंदेखि कैलाली र कञ्चनपुरलाई नाघेर दिल्लीतिर जाने लर्कोलाई यो विश्वविद्यालय निर्माणपछि त्यो कैलालीको गेटमा रोकिनेछ । र कैलाली स्वास्थ्य र शिक्षाको एउटा महत्वपूर्ण केन्द्रका रुपमा उपस्थित जनाउनेछ,’ उनले भने ।

    प्रस्तावलाई सभाका बहुमत सदस्यहरूले समर्थन गरेसँगै विधेयक सभाबाट सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।

     



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट