logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • सगरमाथा संवाद: प्रधानमन्त्री ओलीले भने- हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयम्‌‌ मानवता जोगाउनु

    964Shares
    सगरमाथा संवाद: प्रधानमन्त्री ओलीले भने- हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयम्‌‌ मानवता जोगाउनु

    काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयम्‌ मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रूपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् ।

    शुक्रबार सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गहिरो अन्तरनिर्भर यथार्थभित्र इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वाेच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको बताएका हुन् ।

    ‘आशा गर्छौँ, यो संवाद- त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा घरबासहरू पहिरोले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् तर अझै हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छन् तर वातावरण संरक्षणमा हाम्रा योगदान महत्त्वपूर्ण छन् ।’



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट