logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • गैरआवासी नेपालीका अधिकार कार्यान्वयन गर्ने परराष्ट्रमन्त्री राणाको प्रतिबद्धता

    919Shares
    गैरआवासी नेपालीका अधिकार कार्यान्वयन गर्ने परराष्ट्रमन्त्री राणाको प्रतिबद्धता

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई संविधानले दिएका अधिकार कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएकी छन् । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली : सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

    कांग्रेस नेत्रीसमेत रहेकी राणाले अहिले बलियो सरकार रहेकाले पनि संविधानले दिएका अधिकार कार्यान्वयन गराउन सहज अवस्था रहेको बताइन् । ‘एनआरएन कार्ड वितरणमा धेरै ढिलो भएको हो । तर, अहिले स्थायी सरकार आएको छ । तपाईंहरूले धेरै नै धैर्यता देखाउनुभयो र साथ दिनुभयो । अब यसलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ,’ उनले भनिन् ।

    विदेश गएका नेपालीहरू नेपाली नभई देश छाडेर गएका गद्दार हुन् भन्ने धारणा राख्ने कतिपय दलका कारण विगतमा संविधान लेख्ने क्रममा धेरै जुध्नु परेको उनले चर्चा गरिन् । ‘संविधान लेख्दा गैरआवासीय नेपालीहरूलाई अधिकार दिनै हुँदैन भन्नेहरू पनि थिए । विदेश गएकाहरू गद्धार हुन् भन्ने पनि कतिपय पार्टी थिए । संविधान बनाउने क्रममा धेरै छलफल भएपछि मात्र संविधानमा यो व्यवस्था राखिएको हो,’ उनले भनिन् ।

    विदेशमा रहेका सबै नेपाली नेपाली नै हुन् भन्नेमा सरकार र आफ्नो पार्टी नेपाली कांग्रेस स्पष्ट रहेको उनले बताइन् । उनले नेपाली कांग्रेसले बहुमत ल्याउन नसकेकाले विभिन्न दलसँग मिलेर सरकार बनाउनु परेको पनि बताइन् । कार्यक्रमका सहभागीले पटकपटक गठबन्धन दलहरू फेरबदल गर्दा जनतामा राम्रो सन्देश नगएको टिप्पणी गरेपछि उनको यस्तो जवाफ आएको थियो ।

    ‘सरकारका नगएसम्म पार्टीका नीति कार्यक्रम लागू गराउन सकिँदैन । तर, हाम्रो पार्टीले एक्लै बहुमत ल्याउन सकेन । आफैंले बहुमत ल्याएको भए कुनै पनि दलसँग मिलेर सरकारमा जानु पर्ने थिएन । बहुमत नआएकाले विभिन्न पार्टीसँग मिलेर सरकारमा जानु परेको हो,’ उनको जवाफ थियो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट