logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • आज रास्वपा बैठक, पछिल्ला राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल हुने

    1.1KShares
    आज रास्वपा बैठक, पछिल्ला राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल हुने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीका आगामी गतिविधि, अघिल्लो बैठकको निर्णय, ब्लुप्रिन्ट कार्यदल, सदस्यहरूको संक्षिप्त रिपोर्टिङबारे छलफल हुनेछ ।

    यस्तै, बैठकले पार्टीको जनयात्राबारे पनि ठोस निर्णय गर्ने बताइएको छ । रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्रा सुरु गरेको थियो । तर, पार्टी सभापति रवि लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याउँदै चैत २२ उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेशसँगै अन्योल भएको छ । रास्वपाले पहिलो दिनको जनयात्रा कार्यक्रम अन्तर्गत चितवनमा सभा गरे पनि त्यसपछि यसलाई निरन्तरता दिन सकेको छैन ।

    बैठकमा पार्टीको पहिलो महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने झाले जानकारी दिए । यसअघि रास्वपाले वैशाख २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर पार्टी सभापति लामिछाने कारागारमा रहेकाले उक्त समयमा महाधिवेशन हुने नहुने बारेमा बैठकले ठोस निर्णय गर्ने बुझिएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट