logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • कुलमान हटाउने मन्त्रिपरिषद्को निर्णय किन प्रमाणित हुन सकेन ?

    1.1KShares
    कुलमान हटाउने मन्त्रिपरिषद्को निर्णय किन प्रमाणित हुन सकेन ?

    १२ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने तथा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय अझै याे समाचार तयार पारूञ्जेलसम्म  प्रमाणित भएको छैन ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद्को निर्णय मुख्यसचिवले प्रमाणित गर्न बाँकी नै रहेकाले कार्यकारी निर्देशक घिसिङले बर्खास्तीको पत्र अझै प्राप्त गर्न सकेका छैनन् । साथै, सोमबारै प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हितेन्द्रदेव शाक्यले पनि नियुक्तिको पत्र पाएका छैनन् ।

    मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि त्यो कार्यान्वयनमा जान्छ । तर, निर्णय प्रमाणित गर्न ढिलाइ भएकाले दुवैलाई पत्र दिन नसकिएको एक सरकारी अधिकृतले अनलाइनखबरलाई बताए ।

    बर्खास्तीको पत्र नपाए पनि घिसिङ मंगलबार प्राधिकरणमा उपस्थित भएका छैनन् ।

    विद्युत् प्राधिकरण स्रोतका अनुसार नियुक्त हुने र पदमुक्त हुने दुवैले अझै पत्र नपाएका कारण प्राधिकरणमा भने अन्योल छाएको छ । उता, सडकमा भने विभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । कुलमान भने पत्र पाउनासाथ कानुनी उपचारका लागि अदालत जाने तयारीमा छन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट