logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • भारतीय राजदूतावासले मनायो ६० औं आइटेक दिवस

    961Shares
    भारतीय राजदूतावासले मनायो ६० औं आइटेक दिवस

    काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासद्वारा शुक्रबार साँझ एक समारोहकाबीच ६०औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।
    समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभवलाई स्मरण गर्दै विकास र शिक्षाको क्षेत्रमा भारत सरकारको असङ्ख्य पहलको लागि कृतज्ञता व्यक्त गरिन्।
    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइटेक पहललाई थप विस्तार गर्ने र नेपाल सरकारको विकसित प्राथमिकताअनुसार थप अनुकूलित कार्यक्रम प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडाल, सहायक रथी पवन खत्री र सशस्त्र प्रहरी उपरीक्षक दयाराम शर्माले आइटेकका बारेमा आफ्ना अनुभव सुनाए। कार्यक्रममा भारतीय सांस्कृतिक समूह ‘यज्ञ’ ले मयूरभञ्ज छाऊ नृत्य र कान्त दब दब ब्यान्डले लोक फ्युजन र ज्याज प्रस्तुत गरेका थिए।

    परराष्ट्रमन्त्री देउवाले भारतमा अध्ययन गर्दाको अनुभव सुनाउँदै सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिइन्। भारतीय राजदूत नवीन श्रीवास्तवले आइटेक कार्यक्रमलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

    सन् २०२४–२०२५ मा नेपालका ५१० जनालाई भारतका विभिन्न संस्थानमा तालिम दिइएको छ। २१ जना इन्जिनियरलाई आईआईटी रुडकीमा जलस्रोत व्यवस्थापनमा एम.टेक पढाइएको छ। डाक्टर, सरकारी वकिल, न्यायाधीश, प्रहरी, सशस्त्र प्रहरी र खानेपानी मन्त्रालयका कर्मचारीका लागि विशेष तालिमको व्यवस्था गरिएको छ।

    नेपाल भारतको आइटेक कार्यक्रममा सक्रिय साझेदार हो। विगत १५ वर्षमा ३ हजारभन्दा बढी नेपाली अधिकारीहरूले यस कार्यक्रमबाट तालिम लिएका छन्।

    सन् २०२४–२०२५ मा नेपालका ५१० जना विभिन्न  पेशाकर्मीलाई भारतका विभिन्न प्रमुख संस्थानमा विभिन्न कोर्षको लागि तालिम दिइएको थियो ।
    सन् २०२४–२०२५ मा भारतका १० प्रमुख संस्थानमा नेपालका चिकित्सक (५०), सरकारी वकिल (३०), राष्ट्रिय न्यायिक प्रतिष्ठानका सदस्य (१५), नेपाल प्रहरी (१४३), सशस्त्र प्रहरी बल (८०), गृह मन्त्रालय (२४), खानेपानी मन्त्रालय (४०) का लागि १८ अनुकूलित कोर्षको व्यवस्था गरिएको थियो । नेपालबाट विगत १५ वर्षमा तीन हजारभन्दा बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट