काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सफाइ पाएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदावी नपुग्ने फैसला गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासबाट बुधबार यस्तो फैसला भएको हो ।
संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो ।१३ माघ २०७७ मा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने दायर गरेको निवेदनमाथि यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीसँग जवाफ माग गरेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया