काठमाडौं | काठमाडौँमा आन्दोलनरत शिक्षकहरुले आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिने भएको छन् । दिउँसो १ बजेदेखि ३ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उदेश्यले विभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। यस पटकको आन्दोलन निर्णायक भएको भन्दै उनले चाँडोभन्दा चाँडो विधालय शिक्षा ऐन अघि बढाउन आग्रह गरे।
दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ ।
त्यस्तै, चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन गर्ने महासंघको भनाइ छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया