logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित

    1KShares
    सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित

    सुन्दरहरैंचा, मोरङ । सुन्दरहरैंचाका चर्चित पत्रकार शिव भट्टराई भोजपुरे सिद्धार्थ सेकेन्डरी स्कुलको ३० औं अभिभावक दिवसको अवसरमा सम्मानित भएका छन्। सुन्दरहरैंचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाई र विद्यालयका प्रधानाध्यापक अर्जुन बस्नेतले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरे। उनीहरुले पत्रकारिता क्षेत्रमा पत्रकार भट्टराईको योगदानको उच्च मूल्यांकन गरे।

    कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। पत्रकार भट्टराईलाई खोजमुलक समाचार, समाजसेवा तथा सञ्चारको क्षेत्रमा पुऱ्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ।

    पत्रकार भट्टराईले आफूलाई प्रदान गरिएको सम्मानप्रति कृतज्ञता व्यक्त गरे । उनले पत्रकारिताका माध्यमबाट समाजको सेवा गर्न अझ प्रेरित भएको प्रतिक्रिया दिएका छन्।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट