logo

२०८३ बैशाख २६ शनिबार

logo
  • २०८३ बैशाख २६ शनिबार
  • १५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु

    982Shares
    १५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु

    जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मध्य (माध्यमिकी) परिक्रमा आजदेखि सुरु भएको छ ।बिहीबार फागुन कृष्णपक्षको औासीमा कचुरी मठबाट भगवान राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको छ ।आज राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु भोली शुक्रवार बिहान पुजापाठ गरी भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्ने छन् ।

    फागुने औँसीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहारका दर्जनांै धार्मिक ऐतिहासिक स्थलहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १२० किलो मिटर भू–भागको यात्रा गरिन्छ ।कञ्चनवनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ ।त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौलहुँदै पुनः कल्याणेश्वरबाट जनकपुर फर्केर विश्राम गर्छन् ।फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तरगृह परिक्रमा पुरा गरेर घर फर्कने गर्छन् । अन्तरगृह परिक्रमाको भोलीपल्ट जनकपुरमा होली खेलिने परम्परा रहेको छ ।परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता हुने भएकाले मिथिलाको महाकुम्भ भनेर प्रसिद्ध छ ।

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट