logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • ३.१४ अंकले बढ्याे नेप्से, आठ अर्ब ६२ करोडकाे कारोबार

    949Shares
    ३.१४ अंकले बढ्याे नेप्से, आठ अर्ब ६२ करोडकाे कारोबार

    काठमाण्डाै । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव १४ अङ्कले बढेर २ हजार ७ सय ४३ दशमलव ७४ विन्दुमा पुगेको छ ।

    आज व्यापार, बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज व्यापार समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरै र जीवन बीमा समूहको शेयर झन्डै साढे २ प्रतिशतले उकालो लागेको छ ।

    आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशत तथा विन नेपाल लघुवित्त र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से सामान्य बढेको दिन बाराही हाइड्रोपावर पब्लिक कम्पनीको शेयर भने ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन गएको मङ्गलवार १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका १ करोड ५६ लाख कित्ता शेयर ८ अर्ब ६२ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट