logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • शंखरापुर बस दुर्घटनाः ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत

    961Shares
    शंखरापुर बस दुर्घटनाः ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत

    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ । चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीका विद्यार्थी सवार बस बुधबार दिउँसो नगरकोटबाट काठमाडौंतर्फ आउने क्रममा कात्तिकेनजिकै दुर्घटनामा परेको थियो ।

    प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार उपचारका लागि अस्पताल ल्याइपुर्‍याइएका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको भिमसेनगोला बस्ने १४ वर्षीया शुशांका डोटेल रहेका छन् ।

    क्रिशलको त्रिवि शिक्षण अस्पतल–महाराजगञ्ज, सुरेशको नेपाल मेडिकल कलेज र शुशांकाको शंखरापुर अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परेर अन्य ४० जना घाइते भएका छन् । घाइतेहरूको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ ३०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट