काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आन्तरिक छलफलमा जुटेका छन् । जसपा नेपालको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी छ ।संसदीय दलको बैठक अगाडि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
बिहान सभापति देउवालाई भेट्न यादव नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका थिए भने लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको सन्देश लिएर जसपा नेपालका अध्यक्ष यादव पार्टी बैठकमा गएका छन् ।
शीर्ष नेताहरूको आग्रह समेतका आधारमा संसदीय दलमा छलफल हुने र उपयुक्त निर्णय लिने तयारी रहेको जसपा नेपालका नेताहरू बताउँछन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया