काठमाण्डाै । चालू आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ६ महिनाको अर्थात् साउनदेखि पुससम्मको आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्टअनुसार ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यो गएको आर्थिक वर्षको भन्दा ४ दशमलव १ प्रतिशतले धेरै हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलव १ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड डलर पुगेको छ । यस्तै ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३ लाख ९३ हजार जना रहेको छ । अघिल्लो वर्षको ६ महिनामा ३ लाख ४० हजार जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।
यसैबीच चालू आर्थिक वर्षको ६ महिनामा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको ६ महिनामा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया