logo

२०८३ आश्विन २१ बुधबार

logo
  • २०८३ आश्विन २१ बुधबार
  • राष्ट्रिय सभा बैठकमै ढले कांग्रेस सांसद, उपचार चल्दै

    1KShares
    राष्ट्रिय सभा बैठकमै ढले कांग्रेस सांसद, उपचार चल्दै

    काठमाडौं । राष्ट्रिय सभा बैठक चलिरहँदा एक जना सांसद उक्त रक्तचापका कारण बैठकमै ढलेका छन् । संघीय संसद् सचिवालय स्रोतका अनुसार बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन् ।

    शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेको थियो। चक्कर लागेका भट्टलाई कांग्रेसका सांसद किरणबाबु श्रेष्ठ लगायतले डोहोर्‍याउँदै बैठक कक्ष बाहिर लगेका थिए।

    उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् । उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए। उनी अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिएका छन् ।राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले भट्टको स्वास्थ्य अवस्थाबारे बैठकमै सोधखोज गरेका छन्।



    फास्ट न्युज    
  • २०८१ माघ २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट