logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

    1KShares
    नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान साढे आठ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो । आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

    यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी सांसदहरुले आज धारणा राखिसकेपछि मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रीहरुले आफूले गरेका कामबारे सांसदहरुलाई जानकारी पनि गराउने छन् ।

    संसदीय दलको बैठकमा यसअघि २० सांसदले बोलिसकेका छन् । साथै, अध्यादेशको अन्तरवस्तुबारे महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखकले सांसदहरुलाई जानकारी गराइसकेका छन् । कानुन सुधार सुझाव कार्यदलका तीन सदस्यले कानुनमा रहेका व्यवस्था र सुधार गर्नुपरेका कारणहरू पनि सुनाएका थिए ।



    फास्ट न्युज    
  • २०८१ माघ १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट