logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • रवि लामिछानेसहित सातै जनालाई थुनामा राख्न भन्दै उच्च अदालत पोखरामा निवेदन

    988Shares
    रवि लामिछानेसहित सातै जनालाई थुनामा राख्न भन्दै उच्च अदालत पोखरामा निवेदन

    पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा छुटेका रवि लामिछानेसहित ७ जनालाई थुनामै राख्नुपर्ने माग सहित उच्च अदालत पोखरामा निवेदन परेको छ । उच्च सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीको धरौटीमा छोड्ने आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएको हो । उच्च सरकारी वकिल कार्यालय पोखराका सूचना अधिकारी महेश अर्यालका अनुसार जिल्ला अदालतको आदेश नमिलेको र सातै जनालाई थुनामा पठाउनुपर्ने भन्दै निवेदन दिएको हो ।

    जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजलाशले रविलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । यस्तै पूर्व डीआईजी छविलाल जोशीलाई ८८ लाख, लिला पछाईंलाई ३७ लाख, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई १५ लाख, संस्थापक कोषाध्यक्ष आरती गुरुङ र संस्थापक उपाध्यक्ष मीना गुरुङलाई ५÷५ लाख, संस्थापक सदस्य कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।

     



    फास्ट न्युज    
  • २०८१ माघ ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट