logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • काठमाडौंमा मनाइयो चिनियाँ नयाँ वर्ष

    940Shares
    काठमाडौंमा मनाइयो चिनियाँ नयाँ वर्ष

    काठमाडौं। काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाइएको छ । नेपालस्थित चिनियाँ राजदुतावासले विभित्र सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष मनाएको हो। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, उपसभामुख इन्दिरा राणालगायतको सहभागिता रहेको थियो।

    कार्यक्रममा उपसभामुख इन्दिरा राणासहित चिनियाँ दूतावासका राजदूत छेन सोङ लगाएतको उपस्थीतिमा चिनियाँ र नेपाली कलाकारहरुको सहभागीतामा ठमेलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । समारोहमा ड्रायगन नाच, किलिङ नचा, लायन्स नाच प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रमपछि ठमेलमा सांस्कृतिक परेडको समेत आयोजना गरिएको थियो । आगामी फागुन ८ गतेसम्म मनाइने नयाँ वर्ष सांस्कृतिक महोत्सवको एक महिने कार्यक्रम समेत तय गरिएको छ । चिनियाँ नयाँ वर्षका अवसरमा माघ ९ देखि फागुन ८ गतेसम्म ठमेलमा बत्ति बाल्ने कार्यक्रम छ ।

    त्यसैगरी माघ १३ गतेदेखि फागुन १२ सम्म रत्नपार्कमा लाल्टिन महोत्सव राखिएको छ । माघ २४ र फागुन २ गते नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गरिँदै छ भने र फागुन ८ गते पोखराको नगरसभा हलमा चीन–नेपाल अन्तर्राष्ट्रिय महोत्सव गरिँदै छ ।



    फास्ट न्युज    
  • २०८१ माघ ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट