logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • निर्माण व्यवसायीहरु पुगे कांग्रेस सभापति देउवा निवास

    1.7KShares
    निर्माण व्यवसायीहरु पुगे कांग्रेस सभापति देउवा निवास

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा सँग भेटी निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ ।

    महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सभापति देउवा संग निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको, सिमेन्ट रड लगायतका निर्माण सामाग्रीहरुको अनियन्त्रित मूल्य बृद्विका कारण व्यवसायीहरु मारमा रहेको भन्दै यी यावत समस्या समाधानको लागि अध्यादेश बाट संवोधन गराउन प्रधानमन्त्री संग पहल गरिदिन आग्रह गरेका थिए।

    प्रतिनिधिमण्डलाई पुर्व प्रधानमन्त्री देउवाले निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भए पनि अध्यादेश मार्फत काम नहुने बताएका छन्। प्रतिनिधि मण्डलका एक सदस्यले फास्ट न्युज सेभेन डटकमलाई जानकारी दिदै भने “सभापति ज्युले निर्माण व्यवसायीको समस्याको बिषयमा हामीले राखेका कुरालाई गम्भीरतापूर्वक लिनुभयो। समस्या समाधानको लागि पनि पहल गर्ने बताउनु भयो । तर तत्काल अध्यादेश मार्फत कानुन संशोधन हुन नसक्ने उहाको स्पस्ट भनाइ रह्यो।”

    भेटमा सभापति देउवाले तोकिएको लागत तथा समयमा नै गुणस्तरीय कार्य पूरा गर्न निर्माण व्यवसायीहरूलाई सुझाव दिनुभएको थियो भने अध्यक्ष रवि सिंहले आर्थिक अभावका कारण निर्माण उद्योगले चरम संकट झेलिरहेको, धरौटी रकम फिर्ता, पाँच प्याकेजको कार्यान्वयन, शान्ति सुरक्षा लगायतका विषयमा पनि ध्यानाकर्षण गराएको थियो ।



    फास्ट न्युज    
  • २०८१ माघ ५, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट