logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • माओवादी केन्द्रको पहलमा गठित समाजवादी मोर्चाको बैठक सुरू

    868Shares
    माओवादी केन्द्रको पहलमा गठित समाजवादी मोर्चाको बैठक सुरू

    काठमाडौं– नेकपा माओवादी केन्द्रको पहलमा गठित समाजवादी मोर्चाको बैठक सुरू भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा मोर्चाको बैठक सुरू भएको हो । बामपन्थी झुकाव राख्ने संघीय संसद्‍भित्र र संसद् बाहिरका चार दल सहभागी समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउन बैठक राखेका हुन् । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत उपस्थित छन् ।

    मंगलबार बसेको चार दल आवद्ध समाजवादी मोर्चाको कार्यदलले विभिन्न कार्यक्रम गर्ने निर्क्योल निकालेको थियो । जसलाई यो बैठकले अनुमोदन गर्ने तयारी छ। माओवादी अध्यक्ष प्रचण्ड गत असार ३० गते सत्ताच्युत भएयता दोस्रो पटक मोर्चाको बैठक बस्न लागेको हो । यसअघि साउन १ गते मोर्चाको बैठक बसेको थियो ।एकीकृत समाजवादी र माओवादीका पूर्वघटकसँग एकता प्रयास असफल भएपछि प्रचण्ड फेरि समाजवादी मोर्चामै फर्किएका हुन् । तीन दिनअघि सिंहदरबारमा बसेको प्रचण्ड र माधव नेपालबीचको बैठकले मोर्चालाई ब्यूँताएर अघि बढ्ने निष्कर्ष निकालेको थियो ।

    केपी शर्मा ओली नेतृत्वको सरकारलाई लिएर जनस्तर र नेपाली कांग्रेसमा पनि असन्तुष्टि बढेका बेला प्रचण्डले समाजवादी मोर्चा सक्रिय गराएर विकल्पको खोजी थाल्ने रणनीति बनाएका हुन् । यसअघि यो मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पनि थियो। तर, गत जेठमा पार्टी फुटाइदिएपछि त्यसको दोष प्रचण्डलाई लगाएर यादव बाहिरिएका थिए । पछिल्लो पटक प्रचण्ड र नेपालले यादवलाई पनि मोर्चामा ल्याउने गरी छलफल गरेका थिए । तर यादवले तत्कालै मोर्चामा नआउने बताइरहेका छन् ।

    माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपा मिलेर २०८० असार ४ गते समाजवादी मोर्चा गठन गरेका थिए । मोर्चाको पछिल्लो बैठक प्रचण्ड सत्ताच्यूत भएपछि गत साउन १ गते बसेको थियो । प्रचण्ड १८ महिनासम्म सत्तामा रहुन्जेले निष्क्रिय रहेको यो मोर्चालाई फेरि ब्यूँत्याउने कोसिस गरिएको हो । साउन १ गतेयता मोर्चाको बैठक बस्न सकेको थिएन । तर कार्यदलको बैठक भने चलिरहेको थियो । नेकपा माओवादी केन्द्रको अलमलले मोर्चा निष्क्रिय भएको थियो । तर ६ महिना लामो अन्तरालपछि मोर्चालाई सक्रिय बनाउने कोसिसमा प्रचण्ड जुटेका हुन् ।



    फास्ट न्युज    
  • २०८१ माघ २, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट