logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • बौद्धिमाईका मेयर प्रदिपको बिरुद्धमा नाराबाजी, कारवाहीको माग गर्दै स्थानीयले घेराउ गरे नगरपालिका

    1KShares
    बौद्धिमाईका मेयर प्रदिपको बिरुद्धमा नाराबाजी, कारवाहीको माग गर्दै स्थानीयले घेराउ गरे नगरपालिका

    रौतहट । रौतहटको बौद्धिमाई नगरपालिकाका मेयर प्रदिप यादवका बिरुद्धमा स्थानीयले नाराजुलुश गरेका छन् । बौद्धिमाई नगरपालिकाको बंकुल बजार स्थित कार्यालय अगाडी स्थानीयले मेयरको बिरुद्धमा कडा नारा लगाउँदै घेराउ समेत गरेका छन् ।

    भ्रष्टाचारी मेयर मुर्दाबाद, भ्रष्टाचारीलाई कारवाही गर, दोषीलाई कारवाही गर लगायतका नारा लगाउँदै उनीहरुले मेयरको कार्यशैलीको बिरोध गरेका छन् । मापदण्ड नबनाई मनोमानी रुपमा मेयर यादवले बिपक्षीको घर भत्काउने र सडक बिस्तारको नाममा दुख दिएपछि स्थानीय आक्रोशित भएका छन् ।

    मेयर यादवले सरमुजवा गाउँमा मनोमानी रुपमा उपद्रो मचाएको आरोप आन्दोलनकारी स्थानीयले जनाएका छन् । स्थानीय अगुवा एवं पूर्व वडा अध्यक्ष श्रीभगवान पटेलले मापदण्ड बनाएर सडक बिस्तार गर्नुको साटो मेयरले मनोमानी रुपमा बिपक्षीको घर भत्काउने र दुख दिने गरेको आरोप लगाए ।

    ‘मेयर आफैले लठी लिएर स्थानीयलाई कुटपिट गरेको, घरमा तोडफोड गरेकाले मेयरलाई कारवाही हुनुपर्छ,’ पटेलले भने, ‘मेयरले प्रहरी, प्रशासन, न्यायाधीश मेरो मुठीमा रहेकोले तिमीहरुले केही पनि गर्न नसक्ने र मलाई जे मन लाग्छ त्यो गर्छु तिमीहरुको आन्दोलनले केही पनि नहुने बताउँछन् ।’

    मेयर यादवको मनोमानी कार्यको बिरोध गरेकै कारण स्थानीय गंगाराम बैठकलाई रौतहट अदालतले पूर्वपक्षका लागि थुनामा पठाउँने निर्णय गरेपछि मेयरले मेरो मुठीमा न्यायाधीश, प्रहरी, प्रशासन रहेको भन्दै मान्छेलाई धमक्याउने गरेको स्थानीय पटेलले बताए ।

    यस्तै स्थानीय आन्दोलनकारीले मेयर यादवले बिभिन्न आयोजनामा गरेको भ्रष्टाचारको छानबिन हुनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने लगायतका माग समेत गरेका छन् । नगरपालिका अगाडी भएको बिरोध सभालाई सम्बोधन गर्दै आम जनता पार्टी (आजपा)का महासचिव मेयर यादवलाई भ्रष्टाचारी भएकाले छानबिन गरी कारवाही गर्नुपर्ने बताए ।

    उनले प्रधानन्यायाधीसंग प्रश्न गर्दै भने, ‘मेयरले न्यायाधीश मेरो मुठीमा रहेका भन्दै हिडिरहेको अवस्थामा के न्यायाधीश मेयरको मुठीमा छन् की कानून अनुसार न्याय सम्पादन हुने हो त्यसको बारेमा प्रधानन्यायाधीशले स्पष्ट पार्दिनुपर्यो ।’



    फास्ट न्युज    
  • २०८१ माघ २, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट