logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • मंगलबार दिनभरि पूर्वीचितवनमा गैंडा आतंकः एकजनाको ज्यान गयो, सात घाइते

    976Shares
    मंगलबार दिनभरि पूर्वीचितवनमा गैंडा आतंकः एकजनाको ज्यान गयो, सात घाइते

    चितवन । चिवतन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट बस्ती पसेको गैँडाले मंगलबार दिनभरि पूर्वीचितवनमा आतंक मच्चाएको छ । आतंक मच्चाउने गैँडाको आक्रमबाट एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । गैँडाको आक्रमणबाट घाइते रत्ननगर नगरपालिका-१६ की ७० वर्षीया कृष्णाकुमारी थापाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा सोही वडाका ७८ वर्षीय डम्बरबहादुर थापा, वडा नम्बर १२ का ७२ वर्षीय चेतनाथ चौलागाईं, सोही वडाका ३९ वर्षीया सीता पोखरेल, वडा नम्बर १४ का ६० वर्षीया मिना गुरुङ, सोही वडाका २५ वर्षीय पुजन विक रहेका छन् । उनीहरूको चितवन मेडिकल कलेज र भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको छ । सोही गैँडाले मंगलबार बिहान खैरहनी नगरपालिकामा पनि दुई जनामाथि आक्रमण गरेको थियो ।

    आक्रमणबाट खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका थिए । बस्तीमा आतंक मच्चाएको गैँडालाई निकुञ्जको टोलीले मिलिजुली सामुदायिक वनबाटभित्र जंगलतिर पठाएको छ । ४ वटा हात्तीको सहयोगमा गैँडालाई सुरक्षित ठाउँतिर पठाउने प्रयास दिनभरि भए पनि गैँडा निकै उत्तेतिज भएका कारणले सम्भव नभएको निकुञ्ज प्रमुख डा. गणेश पन्तले जानकारी दिए । घाँस खोज्दै बस्तीतिर आएको र भीडभाड तथा होहल्लाका कारणले गैँडा उत्तेजित बनेको डा. पन्तको दाबी छ ।

     

     



    फास्ट न्युज    
  • २०८१ पुष १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट