logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख चोर्‍याे

    1KShares
    कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख चोर्‍याे

    काठमाडौं । एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख ५० हजार ३०० रुपैयाँ चोरी गरेको छ । कम्पनीको बैंकिङ प्रणाली ह्याक गरी खाताबाट पैसा चोरी भएको एफवान कम्पनीले जनाएको हो ।

    एफवान सफ्टका अनुसार सिटिजन्स बैंकमा भएको कम्पनीको खाताबाट पटकपटक गरी साढे ३ करोडभन्दा धेरै रकम चोरी गरिएको हो । कम्पनीले आफ्नो खाताबाट रकम चोरी भएको भनेर साइबर ब्युरोमा उजुरी गरेको छ । सोही आधारमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

    कम्पनीले प्रहरीमा दिएको उजुरीमा सन् २०२४ अक्टोबर १, २, ३, र ४ तारिखमा खाताबाट ह्याकरले पैसा चोरेको उल्लेख गरेको छ । राहुल ठाकुरलगातयका विपक्षीहरूको खातामा रकमान्तर भएको कम्पनीले प्रहरीमा उजुरी गरेको छ ।

    ‘राहुल ठाकुरसमेतका विपक्षीहरूको खातामा रकमान्तर गरी निजहरुले रकम झिकिलिएको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरी रकमान्तर गरिलिएको सम्पूर्ण रकमसमेत निज विपक्षीहरूबाट दिलाई भराइपाउँ’, कम्पनीले दिएको उजुरीमा उल्लेख छ । कम्पनीको खाताबाट चोरी भएको पैसा नेपालमै विभिन्न व्यक्तिको खातामा लगेको देखिएको छ । एफवान सफ्टले फोन पे र ईसेवा जस्ता वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्दै आएको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट