logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • आत्महत्या न्यूनीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर

    874Shares
    आत्महत्या न्यूनीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं । गृहमन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबिच मानसिक स्वास्थ्य अध्यायन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा उनीहरुले आत्महत्या दर दिनहु बढ्दै गएको अवस्थामा पनि आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको बताएका हुन् ।

    साथै उनीहरुले आत्महत्या बढ्दै जानुको कारणको पहिचान गरि प्रभावकारी जनचेतनामूलक कार्यक्रम गर्न सरकारलाई सुझाव दिएका थिए । बैठकमा गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालले वडास्तरीय आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्यदल गठन गरेर बिभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

    परामर्शसहितको चेतनामूलक कार्यक्रम, मनोपरामर्श, योग तथा ध्यान अभ्यास लगाएतका कार्यक्रमहरु वडास्तरबाटै सञ्चालन भइरहेको उहाले बताउनुभयो । मन्त्रालयले कार्ययोजना नै बनाएर आत्महत्या न्यूनिकरण अभियान सुरु गरिसकेको उहाको भनाइ छ ।

    गृहमन्त्री लेखकका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिने छ । आत्महत्या नियन्त्रण र न्यनीकरण सम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए ।

     



    फास्ट न्युज    
  • २०८१ पुष ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट