logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • नेपाली सेनाद्वारा ‘प्रेसर कुकर बम’ निष्क्रिय

    1KShares
    नेपाली सेनाद्वारा ‘प्रेसर कुकर बम’ निष्क्रिय

    भैरहवा(रुपन्देही): भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।

    मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा बिहान करिब १०ः३० पुरानो प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । “बम पुरानो खिया लागेको अवस्थामा थियो, नेपाली सेनाले निष्क्रिय गरेको छ”, कार्कीले भन्नुभयो, “कसले र कहिले राख्यो यो विषयमा केही खुलेको छैन, अनुसन्धानको क्रममै रहेका छौँ ।”

    प्रेसर कुकरको ह्याण्डललाई डोरीले बाँधेर त्यसमा घडी ब्याट्रीलगायतका उपकरण जडान गरिएको थियो । ब्यागमा राखेको अवस्थामा कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको थियो । बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले दिउँसो १ बजे निष्क्रिय गरेको थियो ।



    फास्ट न्युज    
  • २०८१ पुष ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट