logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • उदयपुरको बेलकामा ५०० मत गणना हुँदा २२० मत बदर

    949Shares
    उदयपुरको बेलकामा ५०० मत गणना हुँदा २२० मत बदर

    काठमाडौं । उदयपुरका बेलका नगरपालिका वडा नं ९ को मतगणना रोकिएको छ । ५०० मत गणना हुँदा २२० मत बदर भएपछि गणना रोकिएको हो । निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताका अनुसार सोमबार राती १ बजेसम्म ५०० मतगणना गर्दा २२० मत बदर भएको छ । बदर मत अत्यधिक देखिएपछि मतगणना रोकिएको हो । अहिले सर्वदलीय बैठक बस्न तयारीमा छ ।

    पछिल्लो मत मतपरिणाम अनुसार नेकपा एमालेका मोहन खड्काले ८५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका भरत घिमिरेले ८० मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका नवराज बस्नेतले ६२ मत पाएका छन् ।

    यस वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो । तीन हजार १६७ मतदाता रहेको यस वडामा एक हजार ८८५ मत खसेको थियो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट