logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध र किर्ते गरी दुई वटा मुद्दा

    931Shares
    मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध र किर्ते गरी दुई वटा मुद्दा

    काठमाडौं । प्रहरीले मंगलबार पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध र किर्ते गरी दुई वटा मुद्दा चलाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर कम्बोडियाको आजिआटा कम्पनीमा लगानी भन्दै भिडियो हालेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

    भिडियो सार्वजनिक गरेर भ्रम फैलाएको तथा ओलीकै हस्ताक्षर समेत किर्ते गरेको आरोपमा दुई मुद्दा चलाएको हो । योसँगै प्रसाईंविरुद्धको मुद्दा बलियो बनाउने तयारीमा प्रहरी छ । आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍युरोले वीरमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट