logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • बुद्ध एयरको रात्रीकालिन भाडा दर केही सस्तियो

    844Shares
    बुद्ध एयरको रात्रीकालिन भाडा दर केही सस्तियो

    काठमाडौ । काठमाडौं विमानस्थलको स्तरोन्नति तथा सीमित उडानले बुद्ध एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान थालेको छ।

    सातामा पोखराबाट नेपालगञ्जको तीन उडान हुने गरेकोमा बुद्ध एयरले अब दैनिक थालेको उक्त एयरले भैरहवाबाट पोखराको लागि दैनिक १ अतिरिक्त उडान थप गरेको छ।

    बुद्ध एयरले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको भाडादर बिहान, दिउँसोको दाँजोमा घटाएको छ।

    बुद्धले पोखराको लागि पाँच सय रूपैयाँ, भद्रपुर तथा नेपालगञ्जका लागि एक हजार तथा जनकपुरधामका लागि आठ सय रूपैयाँ भाडादर घटाएको छ।

    काठमाडौं वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ केजी लगेज पनि छुट दिएको बताइएको छ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट